अछाम – अछामको ढकारी गाउँपालिका – ८ मा किशोरी मृत्युको घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले आइतवार साँझ दुई जनालाई ढकारीबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका दुई जना २० वर्ष मुनिका रहेका अछामका प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

शुक्रवार बाख्रा चराउन गएका १४ वर्षीया ईसरा र १५ वर्षीया सरस्वती खड्का सम्पर्क विहीन भएका थिए। आफन्तहरूले खोजी गर्ने क्रममा शनिवार मात्र षोडशा सामुदायिक वनको छिन्ने ओढार भन्ने ठाउँमा उनीहरू मृत फेला परेका थिए। मृतकका परिवारले भने हत्याको आशंका गरेका छन्। शब पोस्टमार्टमका लागि नेपालगन्जको भेरी अस्पतालमा पठाइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भण्डारीले जानकारी दिए।