अछाम – अछाममा २ किशोरी मृत फेला परेका छन । बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत फेला परेका हुन । ढकारी गाउँपालिका –८, पल्साता निवासी १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाख्रा चराउन गएका २ किशोरी मृत फेला परेको जानकारी आएको बताए ।

शनिबार राती नै प्रहरी घटनास्थल पुगेपनी राती भएकाले विस्तृत विवरण आउन बाकी रहेको उनले बताए ।
आज बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी रहेको जनाएको छ ।