खाेज्नुहाेस

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्वारा दुर्व्यवहार

Image

कञ्चनपुर – सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दुर्व्यवहार गरेको छ। शनिवार दैजी चोकमा पूर्वपश्चिम राजमार्गमा उनी सवार गाडी रोकी तोडफोडको प्रयास गरिएको र गालीगलौज तथा हातपातको धम्की दिइएको रावलको सचिवालयले जनाएको छ।

navjiwan hospital

सचिवालयले घटनालाई कानुनी राज्यको अपमान भन्दै नेपाल प्रहरी मूकदर्शक बनेको आरोप लगाएको छ। साथै, घटना अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै भर्त्सना गरिएको छ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, रास्वपाले सरकारी नम्बर प्लेटका गाडीहरूको निगरानी गर्ने कार्यक्रम राखेको थियो। सोही क्रममा रावलको गाडी रोकेपछि विवाद उत्पन्न भएको थियो। घटनामा संलग्न रास्वपा कार्यकर्ता केशव पन्तलाई नियन्त्रणमा लिए पनि सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।