खाेज्नुहाेस

पीएम कप क्रिकेट : अन्तिम ४ मा पुग्ने टिमहरुको टुंगो

Image

धनगढी– कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगीताको अन्तिम ४ मा पुग्ने टिमको टुंगो लागेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न समुह चरणका अन्तिम दुई खेलबाट विजयी टिमहरु थपिएसँगै प्रतियोगिताका अन्तिम ४ टोलीहरुको टुंगो लागेको हो । मंगलबार भएका खेलहरुमा विजय हासिल गर्दै आर्मी क्लब र बाग्मती प्रदेश अन्तिम ४ मा पुग्न सफल भएका हुन ।

प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा कोशी प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागिय टोली आर्मी क्लब अन्तिम ४ मा प्रवेश गरेको छ । मौसमको खराबीका कारण ७ ओभरमा छोट्याईएको खेलमा टस हारेर कोशीले ब्याटिङको निम्तो पाएको थियो । ब्याटिङका लागि मैदान उत्रिएको कोशीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका मनिषा चौधरीले ३ तथा सुस्मिता भुषालले २ विकेट लिइन् । ३७ रनको लक्ष्य पछ्याएको आर्मी क्लबले ६.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि सम्झना खड्का एक्लैले ३२ रन बनाइन् ।

attariya hospital

यस्तै मंगलबार नै भएको समूह चरणको अन्तिम खेलमा बाग्मतीले मधेश प्रदेशलाई ७ विकेटले हराउदै अन्तिम ४ को यात्रा तय ग-यो । टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रन बनाएको थियो । मधेशका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बाग्मतीका कञ्चन श्रेष्ठले ४ र विपिषा शाहीले २ विकेट लिइन् । ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको बाग्मतीले ६.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । बाग्मतीको जितमा यशु पाण्डेले १९ रन बनाइन् । मधेशका रोजी कडारीले २ विकेट लिइन् ।

माघ १ गतेदेखी सुरु भएको प्रतियोगिता अन्तरगत समुह चरणका खेलहरु सकिएका छन । समूह चरणमा दुई÷दुई खेल जितेका आर्मी र बाग्मती क्रमशः समूह विजेता र उपविजेता हुँदै सुपर चारमा पुगेका छन् । ‘बी’ समूहमा दुवै टोलीको समान चार÷चार अङ्क भए पनि नेट रनरेटका आधारमा आर्मी समूह विजेता भएको हो । समान चार अङ्क नै रहेको कोशी प्रदेश भने कमजोर रनरेटका कारण प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणका तीनवटै खेलमा पराजित भएको मधेश प्रदेश पनि अङ्कविहीन हुँदै बाहिरिएको छ ।

समूह ‘ए’ बाट भने यसअघि नै विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिम अन्तिम चारमा प्रवेश गरिसकेका छन् । सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको दुई टोलीसँग खेल्नेछन् । आयोजक नेपाल क्रिकेट संघका अनुसार सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ ।