खाेज्नुहाेस

डडेल्धुराबाट करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार डडेल्धुरा जिल्ला अदालतले जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा ६० हजार क्षतिपूर्ति तोकेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

फरार रहेका प्रतिवादीलाई आफ्नै घरमा लुकेर बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए । पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत डडेल्धुरामा पेस गरिएको छ ।

attariya hospital