खाेज्नुहाेस

डोटीमा क्रिकेटर मल्ल सम्मानित

Image
navjiwan hospital

डोटी – डोटीको केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

पालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकमसहित सम्मान गरेका हुन् । केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

attariya hospital