खाेज्नुहाेस

डडेल्धुरामा श्रीमतीलाई गोली हान्ने श्रीमान् जङ्गलबाट पक्राउ 

Image
डडेल्धुरा – डडेल्धुरामा श्रीमतीलाई गोली हानेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेर फरार भएका अमरगढी नगरपालिका– ३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
डम्बरले घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका डम्बरले अस्मितालाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।
गोली लागेर श्रीमतीको मृत्यु पछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार डम्बरले अस्मिताको छातीमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।