खाेज्नुहाेस

बुवाको स्मृतिमा छोराद्वारा विद्यार्थीलाई न्यानो टोपी वितरण

Image

अछाम – अछामको एक विद्यालयमा बुवाको स्मृतिमा छोराले विद्यार्थीहरूलाई न्यानो टोपी वितरण गरेका छन् । साँफेबगर नगरपालिका–१३ बावलामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक (२०३० देखि २०३२) समेत रहेका स्व. विष्णु प्रसाद जोशीको ४५ औँ स्मृतिमा उनका छोरा नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा युवा नेता एवम् हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले टोपी वितरण गरेका हुन ।
उनले विद्यालयमा अध्ययनरत १ कक्षा देखि ६ कक्षा सम्मका १ सय ५० जना विद्यार्थीहरूलाई एक औपचारिक कार्यक्रमका बिच न्यानो टोपी वितरण गरेका थिए ।

navjiwan hospital

विद्यालय अभिभावक संघका अध्यक्ष दयानाथ जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १३ का वडाध्यक्ष रूप बहादुर कुँवर रहेका थिए । टोपी वितरण कार्यक्रममा वडा सदस्य बल बहादुर साउँद, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बटाला, समाजसेवी दान सिं कुँवर, टंक बटाला लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले स्व. जोशीले समाज र शिक्षा क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिका र योगदान बारे चर्चा गरेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै स्व. विष्णु प्रसाद जोशीका छोरा हेमन्त राज जोशी (बाजे) ले बुवा आफ्नो जीवनमा समेत सहयोगी भावना रहेको र असहायको सहयोगमा सदैव तत्पर रहने हुँदा बालबालिकाहरूलाई सहयोग गरेर बुबाप्रति सच्चा सम्मान र आदर हुने र बुवाको आत्मा समेत शान्ति मिल्ने उद्देश्यले टोपी वितरण गरेको बताए । विद्यालयका सहायक प्रधानाध्यापक रमानन्द जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक तिलक कुँवरले गरेका थिए ।