खाेज्नुहाेस

डडेल्धुरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् । अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर आगो ताप्ने क्रममा जलेर घाइते भएकी हुन् ।

आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital