खाेज्नुहाेस

शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा गृहमन्त्रीले मुख खोले

Image

धनगढी – गृहमन्त्रीको गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा गृहमन्त्री रमेश लेखलले राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन । सोमबारको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले शुक्लाफाँटा भारतीयले उपभोग गरिरहेको जमिनका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

navjiwan hospital

पन्तलाई जवाफ दिँदै गृहमन्त्री लेखकले त्यसबारे सरकारको ध्यानाकर्षण भएको बताए । ‘हाम्रो जमिन भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकार जानकार छ । हामी यो विषयमा गम्भीर छौँ । छलफल गरेका छौँ’, लेखकको भनाइ छ ।

attariya hospital

उनले नेपालको भूमिमा भारतीयले खेतीपाती गरेको जानकारीमा आएको भन्दै त्यहाँ एउटा पिलर राख्नुपर्ने आवश्यकता रहेको बताए ।

‘दुवै देशको सहमति चाहिने भएकाले कूटनैतिक छलफल गरिरहेका छौँ । यस्ता पिलर राख्न संयन्त्र पनि छ, त्यसले पनि काम गरिरहेको छ’, लेखकले भने,‘नेपालको भूमि र सीमा रक्षा गर्न सरकार कटिबद्ध छ । भारतीय नागरिकले जमिन भोगचलन गर्न विषय समाधान गर्न सरकार कूटनैतिक पहल गर्न तत्पर छ ।’