अछाम – अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते भएका छन्।

मेल्लेख गाउँपालिका‑३ दर्वास्थित पानी मुलको डाडामा बाख्रा चराउने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर लोकेन्द्र बुडाका ७ वर्षीय छोरा सुशान्त बुडा घाइते भएका हुन्।

घाइते सुशान्तको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


















