अत्तरिया – सरकारले घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ का लागि कैलालीको गोदावरीका १९ परियोजना प्रारम्भिक सूचीमा छनोट भएका छन । देशभर १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा छनोट हुँदा गोदावरीका १९ परियोजना परेका हुन । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘स्टार्टअप उद्यम कर्जा’ दिन आवेदन माग गरेको थियो । जसमा कुल ५ हजार १ सय ५८ परियोजनाको आवेदन परेका थिए ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रारम्भिक सूचीमा छनोट भएका परियोजनाको पुस २८ गते देखि प्रस्तुतीकरण लिइने जनाएको छ । प्रस्तुतीकरणमा राखेपछि छनोट भएका परियोजनाले चालु आवमा स्टार्टअप कर्जा पाउनले छन । सरकारले स्टार्टअप कर्जाको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने जनाइएको छ ।


स्टार्टअप कर्जाका लागि गोदावरी नगरपालिका – १ मा रहेको गोदावरी शप इन्डश्ष्ट्रिज, तिरुपमाला बालाजी वल्क एण्ड टायल उद्योग, मामा भान्जा मोटर्स, युनिक सुट हाउस, रिभ्याम्प ब्युटी एकेडेमी, उदयदेव मल्टीप्रपोज एग्रो फर्म, सुरपाल गार्मेन्ट, गोदावरी नगरपालिका – २ मा रहेको सदिप्ता सःमिल तथा काष्ठ फर्निसिंङ, न्यू मालिका केमिकल उद्योग, राशि मल्टी इन्ष्टिस्चुट प्रालि, भुमिराज मेटल उद्योग छनोट भएका छन ।
त्यस्तै गोदावरी नगरपालिका – ३ मा रहेको त्रिपुरा गारमेन्ट तथा सिलाई ट्रेनिङ सेन्टर, न्यू सिटल सुट हाउस, न्यू स्टार क्वालिटी होटल एण्ड लज, गोदावरी नगरपालिका – ४ मा रहेको भगवती कृषि फर्म, सुसान्त कृषि फर्म, वडिमालिका कृषि फर्म, सालिनी बाटिका एण्ड ईको रिसोर्ट र गोदावरी नगरपालिका – १० मा रहेको लक्ष्मी सिलाई सेन्टर प्रारम्भिक सूचीमा छनोट भएका छन ।
















