खाेज्नुहाेस

डडेल्धुराको एक मन्दिरमा १२५ किलोको दाइन चढाइयो

Image

डडेलधुरा – डडेलधुराको एक मन्दिरमा १२५ किलोको दमाहा (दाइन) चढाइएको छ । अजमेरु गाउँपालिका–१ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर कोला समैजीमा उक्त दाइन चढाइएको हो ।

navjiwan hospital

पूर्व राजपरिषद् स्थायी समिति सदस्य स्वर्गीय कर्ण बहादुर भण्डारीका छोरा भक्त भण्डारीले उक्त दमाहा धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि मन्दिरमा चढाएका हुन । उनी हाल अमेरिकामा बसोबास गर्दै आएका छन् ।

attariya hospital

काठमाडौंमा निर्माण गरेको उक्त दमाहा २० गते कोला समैजीको मन्दिरमा स्थानीय धार्मिक व्यक्तिबाट बोकाएर मन्दिरमा पुगाएको थियो । उक्त दमाहा यस क्षेत्रकै सबैभन्दा ठूलो र महत्व राख्ने भएकाले कोला समैजीको मन्दिरको शोभा बढाउनका साथै धार्मिक आकर्षण समेत बढ्ने स्थानीयको भनाइ छ ।