अत्तरिया – कैलालीको अत्तरियाबाट अवैध कपडा बरामद गरिएको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख गंगा बहादुर थापाको कमाण्डमा खटीएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ अत्तरियाबाट अवैध कपडा बरामद गरेको हो ।

सडक किनारामा भारतबाट चोरी पैठारी गरी ल्याएका अन्दाजी १ लाख ८५ हजार ५५० रुपैयाँ बराबरका लुगा कपडाहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त कपडा आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















