
अत्तरिया – बैतडीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । शनिबार दशरथचन्द नगरपालिका – १० अदारीपिण्ड स्थित सडक किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ६२ हजार ६२५ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
जसअन्तरगत चिनी, मिश्री, दाल, खाने तेल, सरप, नरिवल, जिरा, चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी चौकी बाराकोटबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त सामान आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय झुलाघाट पठाइएको छ ।
















