खाेज्नुहाेस

बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

Image

धनगढी– पालिकाका अधिकांश सडकहरूको स्तर सुधार गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागी बाकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर २ बौनिया गाउँ देखी वडा नम्बर ५ जोड्ने करिब २ किलोमिटर सडक स्तर सुधारको काम सुरु गरेसँगै यो वर्षका लागी काम अघि बढेको हो ।

navjiwan hospital

‘सडकमा हुने खाल्डाखुल्डीका कारण आवतजावतमा हुने समस्यालाई मध्यनजर गर्दै गाउँ सरकारले सुरु देखी नै सडक सुधार अभियान थालेको थियो । यसलाई कालोपत्रेको प्रारम्भिक बेस निर्माणका रूपमा समेत हेरिएको छ । हामीले भविष्यमा हुने कालोपत्रेलाई समेत मध्यनजर गरी पानी पिचको काम गरेका छौ’ अध्यक्ष कुँवरले भने ‘अहिले पानी पिच भनिए पनि पछिका लागी कालोपत्रेको बेस नै हो । त्यसमा केही तलमाथि त होला नै तर हामीले बेस निर्माण ग-यौँ भने कम बजेटमै कालोपत्रे गर्न सकिन्छ ।’

attariya hospital

पहिलो चरणमा कालोपत्रे अर्थात् सडकको बेस निर्माण गर्ने र आगामी आर्थिक वर्ष देखी कालोपत्रेलाई जोड दिने उनको भनाई छ । यसका लागी पालिकाले यो आर्थिक वर्षमा पालिकाका सबै सडकहरूको स्तर सुधार गर्ने योजनाका साथ काम थालेको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा २२ किलोमिटर र आर्थिक वर्ष २०८०/०८१ मा ७७ किलोमिटर सडक स्तर सुधार (पानी पिच) गरेको थियो । बाँकी सबै सडकहरू यसै वर्ष सुधार गरी सक्ने र आगामी आर्थिक वर्षबाट कालोपत्रेलाई जोड दिने गाउँपालिकाले जनाएको छ ।

ठेक्का प्रक्रियामार्फत सडक सुधारको काम गर्दा बजेट बढी खर्च हुने तथा प्रभावकारी काम नहुने भन्दै गाउँपालिकाले आफ्नै जनशक्ति तथा स्रोत साधनबाट सडक सुधार अभियान चलाइरहेको छ । शुक्रबाट सडक सुधारको तेस्रो वर्षको काम सुचारु गर्न पालिका अध्यक्ष सँगै वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक, वडा नम्बर ५ का वडाध्यक्ष भोलेराम चौधरी तथा वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष भेखु चौधरीको समेत उपस्थिति रहेको थियो ।