खाेज्नुहाेस

महाकालीमा व्यवसायिक र्‍याफ्टिङ सुरु

Image

धनगढी – नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक र्‍याफ्टिङको सुरुवात भएको छ। डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित दुई दिने मेयर सम्मेलनको समापनपछि जलयात्रा औपचारिक रूपमा सुरु गरिएको हो।

परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले महाकाली नदीमा जलयात्रा प्रवद्र्धन र दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र जारी गरिएको जानकारी दिए। परशुराम नगरपालिकाले निजी क्षेत्रको सहयोगमा जलयात्राका लागि दुई वटा र्‍याफ्टको व्यवस्था गरेको छ।

attariya hospital
navjiwan hospital

चार पालिकाहरू परशुराम, भीमदत्त, दशरथ चन्द, र महाकालीले निजी क्षेत्रसँग साझेदारी गर्दै महाकाली नदीमा बहुउद्देश्यीय जलयात्रा सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नाराको सहयोगमा तालिमसमेत सञ्चालन भइरहेको छ।

यसअघि, महाकाली नदीमा जलयात्राको परीक्षण नौ वर्षअघि विश्व पानी दिवसको अवसरमा गरिएको थियो। अब भने यो व्यवसायिक रूपमा सुरु भएको हो। महाकाली नदीको पर्यटन विकाससँगै धार्मिक, सांस्कृतिक, र ऐतिहासिक स्थानहरूको पहिचान र पूर्वाधार निर्माणमा जोड दिँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने योजना रहेको मेयर जोशीले बताए।

दुई दिने मेयर सम्मेलनको समापनसँगै यो परियोजनाले स्थानीय रोजगारी प्रवद्र्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।