कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा मोटरसाइकललाई ठक्कर दिई फरार भएका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति जिल्लाको बेलौरी नगरपालिका–१० स्थित शिवनगरको बयल फाटामा ट्याक्टरको ठक्करबाट एक जना घाइते भएका थिए । उक्त दुर्घटनामा स्थानीय ४२ वर्षीय शंकर चौधरी घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढी स्थित नवजीवन अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक किस्नु राना फरार भएका थिए । राना बेलौरी नगरपालिका–६ का निवासी हुन् । प्रहरीले अनुसन्धान गर्दै गएर, ट्याक्टरलाई नजिकैको खोला किनारामा फेला पारेको थियो ।
प्रहरीले ट्याक्टर चालक रानालाई मंगलबार दिउसो कलकत्ताबाट पक्राउ गरेको जनाएको छ । प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार, राना उखु मिलमा उखु पुर्याइरहेका बेला दुर्घटना भएको थियो ।















