
धनगढी– कैलालीमा घरको छतबाट हाम फाल्दा एक युवती घाईते भएकी छन । जिल्लाको लम्कीचुहा नगरपालिका–६ बस्ने १७ वर्षीया मंगला चौधरी घरको छतबाट हाम फालेर घाईते भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेकी उनको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको बताईएको छ । प्रहरीका अनुसार आमासँग विवाद भएपछि चौधरीले छतबाट हाम फालेको पाइएको छ ।
















