खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट साढे ७ लाख बढीको अवैध सामान बरामद

Image
file photo

अत्तरिया – प्रहरीले कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट साढे ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका – २ शिसा पोष्ट, भजनी नगरपालिका –३ जसबहादुर घाट नजिक, टीकापुर नगरपालिका – ९ कालिमाटी स्थित सडक खण्ड र जोशीपुर गाउँपालिका – ३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ ।

navjiwan hospital

जसअन्तरगत ९३ हजार ९५० रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, झ्याल, ढोकाको पर्दा, फलाम काट्ने मेसिन, मोटरसाइकलका बिभिन्न पार्टपुर्जा, साइकलका बिभिन्न पार्टपुर्जा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ ऐठपुर, बेलौरी नगरपालिका –१ बैशाखी, बेलौरी नगरपालिका – ६ भुराकोट र बेलौरी नगरपालिका – ७ पौलाहाबाट ६ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको युरिया मल, कुर्सी, ट्रयाक, ट्रयाकसुट, सट, मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।