
अत्तरिया – कैलालीको कैलारी गाउँपालिका – ५ छोट्कीपलियामा आगलागी हुँदा डेढ लाखको क्षति भएको छ । स्थानीय रामदास चौधरीको एक तले दुई कोठे कच्ची गोठमा विद्युतको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेका खाद्यान्न, सोलार ब्याट्री लगायतका सामानहरू जलेको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।












