खाेज्नुहाेस

सुदूरपश्चिममा वर्षा सँगै हिमपात हुँदै

Image

धनगढी – पूर्वानुमान गरिएअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ ।

navjiwan hospital

गएरातिदेखि यस क्षेत्रमा वर्षा र हिमपात सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबार देखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम विभागले जनाएको छ ।

attariya hospital

विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।