खाेज्नुहाेस

धनगढीमा भन्सार छलीको सामान फेला

Image
file photo
navjiwan hospital

अत्तरिया- धनगढीमा भन्सार छलीको सामान फेला परेको छ । विभिन्न स्थानमा बिहीबार प्रहरीले भन्सार छलीको सामान फेला पारेको हो ।

धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार, धनगढी-९ बङग्राकटान र धनगढी-१५ कनरीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९० हजार ८०० मूल्यको चिनी, दाल, सुर्ती, गन्जी, मखमलको रुमाल, माछा, साइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital