अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा रहेको धाईया सलानी सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २१औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भिम जैगडीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका कार्यपालिका सदस्य महादेव कामी रहेका थिए । कार्यक्रममा सामुदायिक बनका उपभोक्ताहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सामुदायिक बनका पुर्व अध्यक्ष रामदत्त भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्थानिय श्याम स्वाँरले गरेका थिए ।


२० लाखको कारोबार ८ लाख नाफा
उक्त सामुदायिक बनले आर्थिक वर्ष २०८०/०८१ मा २० लाख बराबरको कारोबार गरेको देखिएको छ । साधारण सभामा प्रस्तुत गरिएको बनको आर्थिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा समुहले २० लाख ९ हजार ४२५ रुपैया बराबरको कारोबार गरेको छ । जसमा ८ लाख २७ हजार ३३२ रुपैया नाफा रहेको देखिएको छ ।
सामुदायिक बनको आम्दानीको रुपमा अघिल्लो आर्थिक वर्षको मौज्दात ३ लाख ७ हजार रहेको छ भने वन पैदावार बिक्रिबाट मात्रै १६ लाख ६५ हजार ६४० रुपैया आम्दानी भएको देखिएको छ । यस्तै घाँस दाउरा बिक्रिबाट ४० हजार ८५ रुपैया र टेण्डर फाराम बिक्रिबाट ३ हजार रुपैया आम्दानी भएको देखिएको छ । यस्तै प्रतिवेदनमा सामुदायिक बनले विभिन्न १९ शिर्षकमा खर्च देखाएको छ ।

















