खाेज्नुहाेस

युनिक नेपाल लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न 

Image
navjiwan hospital
बाँके, निर्मल रैका –  युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बुधवार संस्थाको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
attariya hospital
२०५७ सालमा स्थापना भएको युनिक नेपाल लघुवित्तमा हाल ९० हजार भन्दा बढी सदस्य आबद्ध रहेको युनिक नेपाल लघुवित्तका कार्यकारी निर्देशक डा. गोपाल दहितले बताए । युनिक नेपाल लघुवित्तले  कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा दिदैं आएको छ ।