अत्तरिया – कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी, जोशीपुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो ।

बुधबार धनगढी उपमहानगरपालिका – २ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका – १० सिमलघाट, धनगढी उपमहानगरपालिका –१८ थापाघाट, जोशीपुर गाउँपाकिला – १ बडहरीया र कैलारी गाउँपालिका – ७ पुरानो भुईयाफाटा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका १ लाख २ हजार ८८० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जसअन्तरगत चिनी, मिश्री, बिडी, सुर्ती, गुट्खा, सुपारी, सलाई, तरकारी, सिंगठा, सिद्रा माछा लगायतका सामानहरु रहेका छन ।

यस्तै बुधबार नै भीमदत्त नगरपालिका – ११ भुजेलाबाट ४ लाख ८५ हजार बराबरको मोबाईलका डिस्प्ले र मोबाईलका बिभिन्न पर्टस लगायतका सामानहरु बरामद गरिएको छ ।













