खाेज्नुहाेस

ललितपुरमा एक किशोरको हत्या, डडेल्धुरा र दार्चुलाका २ जना पक्राउ

Image

काठमाडौँ- ललितपुरमा एक किशोरको हत्या भएको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको बताए । हत्या आरोपमा प्रहरीले डडेल्धुरा र दार्चुलाका दुई जनासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गर्ने डडेलधुराको परशुराम नगरपालिका-११ घर भएका २६ वर्षीय हेमराज भट्ट, दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट र काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ छन् ।

attariya hospital

उनीहरू मध्ये हेमराजले चक्कु प्रहार गरेको जनाइएको छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी पौडेलले बताए । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।