
डडेल्धुरा- डडेल्धुरामा माछा मार्नका लागि पासो हाल्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर विष्टको मृत्यु भएको हो ।
माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका उनलाई आफन्तले उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


















