
डडेल्धुरा- डडेल्धुराका एक पुरुष नहरको पानीमा मृत फेला परेका छन् । भागेश्वर गाउँपालिका–३ जाजर स्थित सुर्नयागाडको नहरको पानीमा सोही ठाउँका ४५ वर्षीय अर्जुन रावल आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
रावलको मृत्युको कारण नखुलेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।


















