खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

Image
file photo
navjiwan hospital

अत्तरिया – कैलाली र कञ्चनपुरबाट अबैध रुपमा भन्सार छली गरेर ल्याइएका विभिन्न सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार धनगढी रोड, भजनी, टीकापुर र कैलारी क्षेत्रबाट ३ लाख १५ हजार ५३० रुपैयाँ बराबरको प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, तातो टोपी, गम, ब्याट्री लगायतका सामानहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकामा भन्सार कार्यालय नजिकैबाट २ लाख ८७ हजार ४३० रुपैयाँ बराबरको चिनी, मिश्री, मटर, खाने तेल र किराना सामान सहित हाडवेयर सामग्री नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त सामानहरू फेला पारी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

attariya hospital