खाेज्नुहाेस

डडेल्धुराको परशुराममा मेयर सम्मेलन हुने

Image

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा यही पुस १५ र १६ गते मेयर सम्मेलन हुने भएको छ । सम्मेलनमा सुदूरपश्चिमका सबै पालिकाका प्रमुख एवं अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।

navjiwan hospital

परशुरामका नगरप्रमुख भरत बडायर जोशीले स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत विकास प्रवर्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए ।

attariya hospital

सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको जोशीले बताए ।