काठमाडौँ- आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्यमा भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।