खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित २ युवा पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट आइतबार लागू औषध सहित २ युवा पक्राउ परेका छन । टीकापुर नगरपालिका – ९ खक्रौला स्थित मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका –१ दुर्गानगर का २१ वर्षीय सागर चौधरी पक्राउ परेका छन । उनको साथबाट २ ग्राम १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै आइतबार नै भजनी नगरपालिका – ३ कुसुमघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जानकी गाउँपालिका – ६ जगतपुरका २३ वर्षीय दिनेश कुमार साउदलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४१० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital