खाेज्नुहाेस

सिटी सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया– सिटी बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित उक्त सहकारीले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच १३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष श्याम बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सहकारी महासंघका पुर्व कैलाली जिल्ला प्रतिनिधि तथा केन्द्रिय प्रशिक्षक राजेन्द्र बहादुर खड्का रहेका थिए । कार्यक्रममा मानाङ्क बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशी विशिष्ठ अतिथि रहेका थिए ।

add everest academy
attariya hospital

कार्यक्रममा २/२ जना नियमित बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो । यस्तै सहकारीको निति तथा कार्यक्रम अनुसार सहकारीका शेयरसदस्यका छोराछोरीहरुमध्ये सहकारी शिक्षा पुरस्कारबाट एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका २ जना छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

navjiwan hospital

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खड्काले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना शाहले प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक विष्णु खड्काले प्रस्तुत गरेका थिए ।

२०६८ सालमा ५६ जनाबाट सुरु भएको सहकारीमा हाल १ हजार ४१० जना सेयर सदस्य रहेका छन् । संस्थाको शेयरपुँजी १ करोड ५७ लाख ६७ हजार ७०० रुपैया रहेको छ । यसैगरी संस्थाको निक्षेप ५ करोड २७ लाख ४१ हजार १४१ रुपैया रहेको छ भने ऋण लगानी ८ करोड २९ लाख २ हजार ७३९ रुपैया रहेको छ ।

attariya technical collage

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १० करोड ३२ लाख ९० हजार ३०२ रुपैयाको आर्थिक कारोबार गरेको छ । जसबाट संस्थाले १२ लाख २६ हजार ५६ रुपैया नाफा आर्जन गरेको छ ।

Karma Consultancy