काठमाडौँ- सिमेन्ट उद्योगी व्यवसायीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । बुधबार निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काठमाडौँ उपत्यकामा ओपीसी सिमेन्ट सात सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए ।


काठमाडौँ उपत्यकामा अब पीपीसी सिमेन्ट ६ सय रुपैयाँमा पलब्ध हुनेछ । सिमेन्टको मूल्य बोराको ७८० रुपैयाँसम्म पुगेको थियो ।