खाेज्नुहाेस

साना किसान मालाखेतीको २८ औँ साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा विष्टको प्रमुख आतिथ्यमा सहकारीको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै उनले सहकारीले सदस्यहरूको हितमा दैनिक आय आर्जनमा सहज बनाउने लगायत थुप्रै कार्यहरूमा निरन्तरता दिँदै आइरहेको भन्दै प्रशंसा गरिन् । उनले सहकारीले किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि, पशुपालन गर्ने सदस्यहरुलाई कम ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने बताइन् ।

add everest academy
attariya hospital
navjiwan hospital

साधारण सभामा सहकारीका अध्यक्ष तेजराज अवस्थीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाले विगतमा गरेका काम र आगामी योजनाका बारेमा जानकारी गएका थिए ।

त्यस्तै साधारण सभामा सहकारीकी लेखा समिति संयोजक शुष्मा केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने सहकारीका मुख्य प्रबन्धक गोरख बहादुर खत्री सहकारीको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

संस्थाको आर्थिक प्रतिवेदन अनुसार हाल सहकारीको कुल सम्पत्ति ५२ करोड ४० लाख २७ हजार ८५५ पुगेको छ । जसमध्ये सहकारीले ४५ करोड ४० लाख १७ हजार २५९ रुपैयाँ कजा तथा सापटी लगानी गरेको जनाएको छ । ६ हजार १५२ सेयर सदस्य रहेको सहकारीको शेयर पुजी भने ३ करोड १७ लाख १२ हजार ४ सय पुगेको छ । सहकारीले १ करोड ३ लाख ३० हजार ६५२ रुपैयाँ नाफा आर्जन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

attariya technical collage