खाेज्नुहाेस

सहकारीहरूलाई अफवाहको चिन्ता

Image

अत्तरिया – पछिल्लो समय एक पछि अर्को सहकारी घोटालाका घटना बाहिरिन थालेपछि स्थानीय स्तरमा सञ्चालित सहकारी माथि सेयर तथा साधारण सदस्यको विश्वास जित्ने चुनौती थपिएको छ । केही सहकारीका कारण अहिले राम्रो काम गर्दै आएका सहकारी पनि कुनै तुटी नै नगर्दा पनि अफवाह फैलिले चिन्ता सँग जुधिरहेका छन् । जसले गर्दा अहिले देशमा देखिएको आर्थिक मन्दी सँगै यस्ता भ्रम सँग पनि जुध्नुपर्ने चुनौती सहकारीहरूलाई थपिएको छ ।

प्राध्यापक जनक जोशीले अहिले स्थानीय स्तरका सहकारीलाई देशभर सहकारीका नाममा भएका गलत गतिविधि र सहकारीका नकारात्मक समाचारबाट जोगाउने चुनौती रहेको बताए । उनले कोरोना महामारी र त्यसपछि भएको आर्थिक मन्दी र अहिले सहकारीका प्रति जनस्तरमा फैलिएका नकारात्मक कुराले स्थानीय स्तरमा जनताको आय स्तर उकास्नका लागि स्थापना भएका सहकारी प्रभावित भइरहेको बताए ।

add everest academy
attariya hospital

नवजीवन सल्लाहकारीका पूर्व अध्यक्ष चक्र बहादुर सिंहले सहकारी प्रति नकारात्मक धारणा फैलिएको बताए । उनले अहिले सहकारी भन्ने बित्तिकै नाक खुम्च्याउने गरिएको बताए । ‘सहकारी सहकारीका रूपमा नभएर केही सहकारी व्यक्तिगत र पारिवारिक स्वार्थमा लिप्त हुँदा सहकारी डुबाए’ उनले भने ‘यी सबै कुराबाट नवजीवन सहकारी अछुतो रहेर जनताको विश्वास जित्ने गरी काम गरिरहेको छ ।’ दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाहले केही गलत गर्ने सहकारीका कारण राम्रो काम गर्ने सहकारीलाई पनि असर परेको बताए । उनले पुराना स्थापित सहकारी पनि केही गलत प्रवृत्तिका व्यक्तिका कारण राम्रा सहकारी समस्यामा परेको बताए ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले केही संस्थागत सुशासन र क्षमता नभएका सहकारीका कारण राम्रा सहकारी पनि मारमा परिरहेको बताइन् । ‘एउटा सहकारीका कारणले गर्दा देशभरका सहकारीले मार्का खेप्नु परेको छ’ उनले भनिन् ‘केही सहकारीमा सञ्चालकले बचत खाएर भागेको घटना आएका छन् । त्यसका लागि सहकारीमा आबद्ध सबै सेयर सदस्य चनाखो हुन आवश्यक छ ।’

सहकारीमा आबद्ध सबै सदस्यले आफ्नो बचत रकम सुनिश्चित भए नभएको बारेमा बुझ्न आवश्यक रहेको उनले बताइन् । ‘सहकारीका सदस्यले विश्वस्त हुनप¥यो कि हाम्रो सहकारीमा गरेको बचत सुरक्षित छ वा छैन’ उनले भनिन् ‘सेयर सदस्य सहज भए ।

attariya technical collage

सहकारीमा गलत गतिविधि हुन पाउँदैनन् । पूर्व सांसद विजय कुँवरले भने राष्ट्रिय स्तरमा सहकारी प्रति केही नकारात्मक धारणा सृजना भए पनि अहिले पनि स्थानीय स्तरमा सहकारी प्रति जनताको लगाव उतिकै रहेको बताए । ‘अहिले स्थानीय स्तरमा रहेका सहकारीका क्रियाकलापमा मानिसहरूको उत्साहजनक सहभागिता रहेको देखिन्छ’ उनले भने ‘केही बाहिरबाट आएका सहकारीले बदमासी गर्दैमा स्थानीय स्तरमा रहेका सहकारी डराउनु पर्ने अवस्था छैन ।’

अत्तरियामा नवजीवन सहकारीको एकाईगत साधारण सभा सम्पन्न

Karma Consultancy