खाेज्नुहाेस

शेयर बजारमा पहिरो

Image

काठमाडौं – शेयर बजारमा आज एकै दिन पहिरो गएको छ । आइतबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ४६ अंकले घटेको छ ।

navjiwan hospital

बजार घटेसँगै नेप्से २६०० को विन्दुमा आएको छ । जुन १२ दिन पछि आएको हो । नेप्से यसअघि मंसिर १० गते २६८३ को विन्दुमा थियो । आज बजार बन्द हुँदा नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दु आएको छ ।

attariya hospital

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से १.६७ प्रतिशतले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार भएको छ ।

आज २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ४०४ पटक शेयर किनबेच भएको छ ।