धनगढी- आजदेखि सुदूरपश्चिम महोत्सवको सुरु हुँदैछ । १८ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग बाणिज्य सघंका महासचिव ओम बिष्टले बताए ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ । कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

















