अत्तरिया– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्धय राजु भट्टराई र धुर्व भट्टराईलाई मातृ शोक परेको छ ।
कांग्रेस कैलाली क्षेत्र नं. ४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भट्टराईद्धयकी आमा द्रोपती भट्टराईको बुधबार राती ९ बजे आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखी दम रोगले ग्रसित उनको ८८ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

भट्टराई दाजुभाई कांग्रेसको १४औ महाधिवेशनमा कैलाली क्षेत्र नं. ४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।



















