खाेज्नुहाेस

अछाममा घरको छानामाथि बन्दुक लुकाएका युवक पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया- अछाममा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसी १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले घरको छानामाथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital