खाेज्नुहाेस

टियु टपर धरणीधर भट्टलाई नेविसंघ कैलालीको सम्मान

Image

धनगढी – त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा देशभरिमै उत्कृष्ट भएका धरणीधर भट्टलाई सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत उनलाई सोमबार एक कार्यक्रमका बिच नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीले सम्मान गरेको हो ।

navjiwan hospital

नेविसंघका जिल्ला अध्यक्ष मनिष खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालको सहभागिता रहेको थियो । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बिबिएम) कार्यक्रममा देशभरिमै उत्कृष्ट भएका भट्टलाई नेविसंघले सम्मानपत्र सहित नेपाल राष्ट्र बैंकको अफिसर तयारी किताब हस्तान्तरण गरेको छ ।

attariya hospital

कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति पडालले पछिल्लो समयका युवा पुस्ताका लागि भट्ट प्रेरणाका स्रोत बनेको बताए । उनले भट्टलाई बधाई दिदै आगामी दिनमा समेत यस्तै लगनशील भएर अगाडि बढ्न र युवाको हौसला थप्ने काममा सरिक हुन सुझाव दिए ।

सम्मानपत्र हस्तान्तरण गर्दै भट्टले आफूलाई सहयोग र हौसला प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे । उनले नेविसंघ परिवारले गरेको सम्मानले झनै ऊर्जा थपिएको बताए । भट्टले औसत ३.९५ जिपिए ल्याएर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा देशभरिमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएका हुन ।