बैतडी – नेपाली कांग्रेसले बैतडीमा एकसय दिने विषेश अभियान सञ्चालन गरेको छ । पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको हो । कांग्रेस केन्द्रीय समितिले देशभर नै एक सय दिने विषेश अभियान सञ्चालन गर्ने निर्णय अनुसार बैतडीमा अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।
अभियानका लागि कांग्रेस केन्द्रिय समितिले बैतडीमा केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पालाई खटाएको छ । केन्द्रीय प्रतिनिधि शेर्पाको प्रमुख आतिथ्यतामा बैठक बसेर अभियान सुभारम्भ गरिएको नेपाली कांग्रेस बैतडीका कार्यवहाक सभापति वीरबहादुर विष्टले बताए ।
पहिलो चरणको अभियान दशरथचन्द नगरपालिकाबाट शुरु भएर मेलौली नगरपालिका पुगेर सम्पन्न हुनेछ । अभियानकै लागि जिल्लाका १० वटै स्थानीय तहमा संयोजकसमेत तोकिएका छन् ।