दुई दिनदेखि घटेको सुनको मूल्य ९०० ले बढ्यो

काठमाडौँ- सरकारले सुनको भन्सारदर घटाएसँगै दुई दिनदेखि घट्न थालेको सुनको मूल्य आज नौ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

maya metro hospital

हिजो सुन एकैदिन दुई हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.