काठमाडौँ- सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचााँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य एक लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ ।
हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ ।
मङ्सिर लागेपछि निरन्तर बढेको सुनचाँदीको मूल्य सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।