खाेज्नुहाेस

सुनको मूल्य १७०० ले बढ्यो, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य फेरी बढ्न थालेको छ । आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital