काठमाडौँ- आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लो तीन दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । चाँदीको मूल्य भने आज पनि हिजो जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।