खाेज्नुहाेस

जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस् : गृहमन्त्री

Image

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले जनतालाई स्थानीय सरकारबाट सहज ढंगले सेवा प्रदान हुनुपर्ने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

navjiwan hospital

‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस् ।’

attariya hospital

गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताउँदै अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै लग्नुपर्नेमा जोड दिए । ‘लोकतन्त्र जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।