सुनको मूल्य ११ सयले बढ्यो

काठमाडौँ- आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

maya metro hospital

केही दिनदेखि लगातार घटेको सुनको भाउ हिजो तोलामा एक हजार रुपैयाँ र आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.