उपनिर्वाचन सुदूरपश्चिम : ६ पदका लागि ३० जनाको उम्मेदवारी

अत्तरिया – मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिमबाट ३० जनाले उम्मेदवारी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख कैलाली, स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र अन्य ४ वडाध्यक्ष पदका लागि आइतबार ३० जनाले उम्मेदवारी दिएका हुन ।

maya metro hospital

समन्वय समितिका लागि २ जना

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी चौधरी (भुल) र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमति डंगोरा थारुले उम्मेदवारी दर्ता गराएका छन् ।

attariya hospital

स्वामिकार्तिकमा ५ जना

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका छन् ।

भीमदत्तमा १२ जना

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि सत्तारुढ काँग्रेसबाट प्रकाश बहादुर चन्द, एमालेबाट बहादुर चन्द, माओवादी केन्द्रबाट नानाराम कोली, एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीबाट सुशील कुमार भट्ट, नागरिक उन्मुक्ति पार्टीबाट हरिस डगौरा, जनमत पाटीबाट यादव बहादुर चन्द, राप्रपा नेपालबाट दिल बहादुर धामी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दल बहादुर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । थानेश्वर लेखक र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

दुहुँमा ४ जना

बाजुराको यस्तै दुहुँ गाउँपालिका – ५ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका बीरसिह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्मामा ३ जना

बझाङको सुर्मा गाउँपालिका– ४, वडा अध्यक्ष पदका लागि कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेका लखिचन्द्र बोहरा र माओवादी केन्द्रका पुष्कर बोहराले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

पुर्विचौकीमा ४ जना

डोटीको पुर्विचौकी गाउँपालिका .– ६ को वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट मोहन थापा, नेकपा एमालेका तर्फबाट देवबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का तर्फबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट जानकी कुमारी खड्का कुँवर उम्मेदवार दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.